
यदि तपाई हरुपनि घर निर्माण गर्ने सोच मा हुनुहुन्छ भने तपाई सहि ठाउँमा पुग्नु भएको छ !
घर बनाउनु भन्दा पहिले प्राय सबै मान्छेहरुमा उत्सुकता हुन्छ कि खर्च कति लाग्ने हो भनि ! तर हाम्रो नेपाली समाजमा घर बनाउने बेला मान्छेहरु प्राबिधिक एन्जिनीएर् वा आर्किटेक कोमा पुग्नु भन्दा पहिले नै घर बनाउने डकर्मी वा निर्माण ब्यबसायी हरुको पुग्ने परिपाटी छ ! जुन एकदमै गलत कुरो हो ! तपाई हरुको मनमा उब्जेका प्रस्नको उचित उतर डकर्मी वा निर्माण व्यवसायीहरुको मा भन्दा इन्गीनीर ,आर्किटेक हरु वा इन्गीनीरिंग कन्सल्टेनसि हरुले राम्रो संग दिन्न सक्नुहुन्छ ! कारण ती प्राबिधिक हरुले तपाईको सोच अनुरुप घर वा भवन को नक्सा मात्र तयार नगरी उक्त नक्सा बमोजिम लागत अनुमान वा इस्टिमेट पनि तयार गरिदिनु हुन्छ ! यसरि घर बनाउनु अघि नै लागत अनुमान निकाल्दा धेरै नै फाईदा हरु छन् ! जस्तै तपाइको बजेट भन्दा बढी इस्टिमेट रकम आयो भने डिजाईनको समयमै तपाइको बजेट अनुरुप डिजाईन परिवर्तन गर्न सकिन्छ जसले गर्दा समय बर्बाद हुन पाउंदैन !
खर्च कति लाग्छ त ?
घर बनाउन खर्च कति लाग्छ भन्ने प्रस्न प्रायले सोध्ने गर्नु हुन्छ ! तर घर कुन सिस्टम मा बनाउने हो ?(पिलर सिस्टम वा वाल सिस्टम ) ,कुन ठाउँमा बनाउने हो ? कति तल्ला बनाउने हो ? घर बनाउँदा के कस्तो सामाग्रीहरु प्रयोग गर्ने हो ? भित्र के कस्तो फिनिसिंग गर्ने हो ? आदि जस्ता कुराहरुमा निर्भर हुन्छ ! इस्टिमेट निकालि हेर्ने हो भने तपाईका यी सम्पूर्ण प्रस्न हरुको उतर पाउन सक्नु हुनेछ ! इस्टिमेट पनि धेरै प्रकारका हुन्छ जस्तै प्लिन्थ यरिया मेथोद, डिटेल इस्टिमेट , आदि छन् ! तपाइको जरुरत अनुरुप इस्टिमेट गराउन सक्नु हुन्छ !
चलन चल्तीमा स्क्वायर फित बाट पनि घरको औसत लागत अनुमान निकाल्ने गर्छन तर धेरै बिस्वस्नीय हुँदैन कारण सबै घरको डिजाईन ,बनाउने ठाउँ ,बनाउँदा प्रयोग गर्ने सामग्रीहर उस्तै नहुन सक्छ ! यदि तपाई रंग रोगन ,साधारण फ्सलोरिंग सहित पिलर वाला घर बनाउने भए पर स्कुअर फित को रु ३५०० देखि ४५०० सम्म पार्न आउने हुन्छ ! सामान्यतया घरको जग निर्माण गर्न अलि बढी पैसा लाग्छ ! मानौ यदि तपाई १००० square feet सम्मको घर बनाउने सोच राख्नु भएको छ भने जग बनाउने समयमा तपाइको २० लाख सम्म लाग्न सक्छ ! घर बनाउने ठाउँ अनुरुप उक्त रकम फरक फरक हुन सक्छ ! तर प्राय जग भन्दा माथि को पार्ट मा भने खर्च घट्ने हुन्छ ! डी पी सी भन्दा माथि को तल्ला को करिब १४ -१५ लाख सम्म पुग्न आउने हुन्छ !
घरमा लाग्ने खर्च घटाउने बढाउने तपाइको बजेट अनुरुप नक्सा बनाई निर्माण गर्न सकिन्छ ! तेस्को लागि तपाइले प्राबिधिक संग गहन छलफल गर्न्नु पर्ने हुन्छ ! तपाइको बजेट अनुरुप घरको प्रकार छनौट गरि आकर्षक र बलियो घर वा भवन निर्माण गर्न सक्नु हुन्छ !
कस्तो घर राम्रो ? पिलर वाला ,फलामको वा वाल सिस्टमको ?
घर बनाउँदा ठाउँ ,निर्माण सामग्रीको उपलब्धता ,मूल्य ,काम गर्ने कामदारहरुको उपलभ्धता आदि हेरी घर कस्तो बनाउने हो भनि निर्णय गर्दा धेरै राम्रो हुने देखिन्छ ! ठाउँ अनुरुप निर्माण सामग्री हरु जस्तै ढुंगा ,इट्टा ,माटो ,सिमेन्ट ,रोडा , बालुवा आदि छनौट गरि भरपर्दो प्राविधिकको निगरानीमा घरको Structural Analysis गरि निर्माण गर्नु उपयुक्त हुन्छ ! कमसल निर्माण सामग्री हरु प्रयोग गरि तर उचित प्रबिधि प्रयोग संरचना मजबुत पार्न सकिन्छ ! जस्तै माटो बाट निर्मित घर वा भवन कमसल हुने होइन उचित प्रबिधि अपनाई बनाउने हो भने बलियो र जोखिम रहित गरि बनाउन सकिन्छ ! सिमेन्टको उपलब्धता नभयको ठाउँमा सिमेन्ट को प्रयोग गरि घर बनाउन सकिन्दैन वा खर्च बढ्न जान्छ ! तसर्थ स्थानीय उपलब्ध सामाग्रीहरु प्रयोग गरी तर नया प्रबिधि अपनाई कम लागत मै बलियो र सस्तो घर वा भवन निर्माण गर्न सकिन्छ ! यस्ता प्रबिधि हरु स्थानीय डकर्मी वा निर्माण गर्ने व्यक्तिहरुलाई थाहा नहुन सक्छ तेसैले जुनसुकै संरचना निर्माण गर्दा एक चोटी अनुभबी र बिस्वसिलो प्राबिधिक इन्जिनीर वा अर्कितेक संग परामर्श लिन नबिर्सिनु होला ! अन्यथा भबिस्यमा पछुताउनु पर्ने हुन् सक्छ !
कम लागतमा यदि तपाई घर बनाउने सोच्नु भएको छ भने फलामको पाईप वा मेम्प्रबर प्रयोग गरि बनाउने घर तपाइको लागि लाभ्ग्रत हुन सक्छ ! यस्तो प्रबिदी मा घर बनाउँदा डी पी सी सम्म साधारण जगमा फलामका पाईप वा आई सेक्सन उठाई भुई तल्लामा आई बीमको मेम्बर राखी फलामको पाता माथि मसिनो ढलान गरि मजबुत घर बनाउन सकिन्छ ! यसरि दुई तल्ला सम्मको घर बनाउँदा औसतमा १५ देखि २० लाख सम्म मै घर बनाउन सकिन्छ ! यसरी घर बनाउने हो भने घर बनाउनु भन्दा पहिले प्रस्तावित घरको structural Analysis गर्दा जोखिम कम भै घर बलियो संग बनाउन सकिन्छ !
यदि तपाई कम खर्च मै राम्रो बलियो र भूकम्प प्रतिरोधात्म घर भनाउने सोचमा हुनुहन्छ भने हामी एउटा राम्रो बिकल्प हुन सक्छ ! घर निर्माण हुन् अगावै घरको आकर्षक नक्सा बनाउने र निर्माण गर्दा अनुभबी आर्किटेक वा इन्जिनीर को प्रतेच्य निगरानीमा घर बनाउने हुँदा तपाई ढुक्क र सुरक्हुचीत हुन सक्नुहुनेछ !

ई . सुमन श्रेष्ठ